तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढ्ने

 माघ ४, २०७५ शुक्रबार १९:४६:० | रासस
unn.prixa.net

काठमाण्डौ - नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे पनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । 

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाए पनि आम  उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । आइओसीले १५÷१५ दिनमा पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । 

आइओसीले यही माघ २ गते पठाएको पछिल्लो मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ पैसा र डिजेलमा ०.४५ पैसा वृद्धि भएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उक्त मितिमा निगमको नाफा ऋणात्मक रहेको छ । 

करीब डेढ महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले खरिद मूल्यमा कमी आई यही माघ २ गते प्राप्त मूल्यअनुसार समेत रु एक अर्ब छ करोड सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ । 

चालु आवको दशैँ, तिहार, छठ तथा अन्य चाडपर्वका कारणले स्वचालित मूल्यप्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा निगमले रु दुई अर्ब ३७ करोड नोक्सानी व्यहोर्नु परेको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ४०० रहेको छ । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया