लिग विजेता मनाङलाई फिफा अध्यक्षको बधाई

 माघ ५, २०७५ शनिबार ८:१४:५१ | रासस
unn.prixa.net

काठमाण्डाै – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई बधाई दिनुभएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई शुक्रबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले कीर्तिमानी आठौँ पटक लिग जितेको मनाङलाई शुभकामना सन्देश दिनुभएको एन्फाले जनाएको छ । 

फिफा अध्यक्ष इन्फान्टिनोले लिग विजेता टोलीका खेलाडी, प्रशिक्षक, प्राविधिक, व्यवस्थापक र मेडिकल टोलीका सदस्यका साथै सम्पूर्ण खेल प्रशंसकलाई शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको छ । 

फुटबलबाट सकारात्मक सन्देश दिन क्लब र फुटबल सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले करीब पाँच वर्षपछि नेपालमा फुटबलको लिग भएकामा खुशी व्यक्त गर्नुभएको छ । गएकाे असोज १३ देखि नेपालमा लिग फुटबल सुरु भई गएको पुस २४ गते सम्पन्न भएको थियो । लिग ‘ए’ डिभिजन क्लब मनाङ–मर्स्याङ्दी क्लबले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया