बीजेपीलाई हराउनको लागि करीना कपूर लाेकसभा चुनाव लड्लिन् त ?

 माघ ७, २०७५ सोमबार १३:२९:४ | एजेन्सी
unn.prixa.net

मध्य प्रदेश विधानसभा चुनावमा प्राप्त जितलाई कांग्रेस लोकसभा चुनावमा पनि उतार्न चाहन्छ । यसकारण पार्टीले अहिलेदेखि नै तयारी सुरु गरिरहेको छ ।

यसै क्रममा कांग्रेसका केही सांसदले भुपालमा लोकसभा सिट जित्नका लागि उपाय निकालेका छन् । यसै क्रममा उनीहरुले भाेपाल संसदीय सिटमा कुनै नेतालाई नउठाएर बलिउड अभिनेत्री करीना कपूर खानलाई टिकट दिनुपर्छ भन्ने माग राखेका छन् । 

कांग्रेस सांसदका अनुसार भाेपाल संसदीय सिटमा लामो समयदेखि बीजेपीको एकछत्र राज चल्दै आएको छ । यससँगै भाेपाल बीजेपीको बलियो किल्ला बन्दै गइरहेको छ । जसलाई भत्काउनको लागि करीना कपूर बलियो उम्मेदवार मानिएकी छिन् । कांग्रेस सांसद गुड्डु चौहान र अनिस खानका अनुसार युवाहरुमाझ करीना कपूरका धेरै फ्यानहरु छन् र करीनालाई युवाहरुको अत्यधिक भोट प्राप्त हुनेछ ।

गुड्डुको भनाइमा जोड दिँदै अनिसले भनेका छन्, करीना पटौदी खानदानकी बुहारी भएकाले पुरानो भाेपालमा पनि यसको फाइदा पुग्नेछ । यसका साथै उनी महिला भएका कारण महिलाहरुका भोट प्राप्त गर्नमा पनि उनी सफल रहनेछिन् ।

करीनाका पति बलिउड अभिनेता सैफ अली खानको भाेपालसँग पुख्र्यौली सम्बन्ध रहेको छ । पटौदी परिवार वर्षौंदेखि भाेपालमा रहँदै आएको छ । कांग्रेसका सांसद पटौदी परिवारको लोकप्रियतालाई लोकसभा चुनावमा प्रयोग गर्न खोजिरहेका छन् ।

हुन त नवाब पटौदीले भाेपालबाट चुनाव लडिसकेका छन् तर त्यसमा उनी पराजित भएका थिए । तर अब करीनालाई चुनावमा उठाउनेबारे भने सांसदहरुले नवाब पटौदीलाई मुख्यमन्त्री कमलनाथसँग भेटघाट गरेर कुरा राख्न आग्रह गरेका छन् ।

'कांग्रेससँग अब कुनै पनि नेता बाँकी रहेनन्, त्यही भएर अभिनेताको साथ लिएर चुनाव लड्दैछन्' भन्दै बीजेपीका नेताले कांग्रेस सांसदहरुको मागलाई व्यंग्य गरेका छन् । 

भाेपालबाट बीजेपी सांसद आलोक सञ्जरले भनेका छन्, कांग्रेससँग स्थानीय नेता भएनन् त्यही भएर मुम्बईबाट उम्मेदवार आयात गर्नुपरेको छ । यसपटक पनि भाेपालकी जनता बीजेपीलाई नै भोट दिन्छन् भन्नेमा आफू ढुक्क भएको आलोक सञ्जरले बताएका छन् ।


 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया