५० कटे पनि वृद्ध आमाको भूमिकामा अभिनय गर्न चाहँदैनन् जुही चावला र माधुरी दिक्षित

 माघ ११, २०७५ शुक्रबार १३:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा सन् १९८० र ९० को दशकमा वा त्यसभन्दा अघि ५० जर्ष लागिसकेका अभिनेत्रहिरुलाई आमा वा काकीको भूमिका दिइने गरन्थ्यो । तर अहिले भने बलिउडमा ५० वर्ष नाघिसकेका अभिनेत्रीहरुलाई पनि महत्वपूर्ण भूमिका मिलिरहेका छन् । 

ती मध्ये केही अभिनेत्रीले त आमाको भूमिका अफर गर्दा सिधै अस्वीकार गरिरहेका छन् । अभिनेत्री माधुरी दिक्षित र जुही चावला यसका उदाहरण हुन् ।

अभिनेत्री जुही चावलाले आफू अहिले आमाको भूमिका गर्न नसक्ने भन्दै भनेकी छिन्, ‘फिल्म बदलामा लागि मलाई तापसी पन्नुकी आमाको भूमिकाको लागि अफर गरिएको थियो । तर मैले त्यो अफर अस्वीकार गरिदिएकी थिएँ । अहिले त्यो भूमिका अमृता सिंहजीले निर्वाह गरिरहेकी छिन् । मलाई फिल्मका स्क्रिप्टलाई लिएर कुनै गुनासो थिएन तर यस रोलमा मैले बुढी देखिनु पर्ने थियो, उनले अगाडि भनेकी छिन्, ‘त्यसको लागि प्रोस्थेटिक गर्नुपर्ने हुन्छ । कपाललाई हल्का खैरो सेतो बनाउनु पर्थ्याे । जसको लागि मैले हरेक दिन ३ देखि ४ घण्टा कुर्सीमा बिताउनु पथ्र्यो । त्यो पनि करिब २५ दिन एकै किसिमको पोजमा कुर्सीमा बसिरहनु पर्ने । जुन मेरा लागि निकै थकाइपूर्ण काम हो । यही कारण मैले त्यस फिल्ममा काम गर्ने अफर अस्विकार गरिदिएँ । पछि अमृताजीलाई त्यस भूमिकाका लागि कास्ट गरियो । फिल्मको स्क्रिप्ट निकै राम्रो छ । फिल्म रिलिज भएमा म अवश्य हेर्न जानेछु । 

जुही चावलाकै समकक्षी अभिनेत्री माधुरी दिक्षित पनि अहिलेसम्म कुनै अभिनेता वा अभनेत्रीको वृद्ध आमाको भूमिकामा देखिएकी छैनन् । माधुरीको अब आउँदै गरेको फिल्म ‘टोटल धमाल’ मा उनी निकै नै ग्ल्यामरस भूमिकामा देखिनेछिन् । 

फिल्म ‘कलंक’ मा पनि माधुरी दिक्ष्ाित महत्वपूर्ण भूमिकामा देखिनेछिन् । फिल्म ‘कलंक’ मा उनी कुनै अभिनेता वा अभिनेत्रीकी वृद्ध  आमाको भूमिकामा देखिने छैनन् । खबरहरुका अनुसार माधुरी दिक्षित अबका ५÷६ वर्ष यता त्यस किसिमका भूमिका निर्वाह गर्ने पक्षमा छैनन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया