सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गरी अघि बढ्नुपर्ने बताइएको छ ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठले अमरत्व प्राप्त गर्नुभएको काठमाडौँको शोभा भगवती मन्दिर नजिक विष्णुमती नदी किनारामा आयोजना गरिएको श्रद्धाञ्जलिसभामा कामपा प्रमुख विद्यासुन्दर शाक्यले हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने शहीदको योगदान कसैसँग तुलना हुन नसक्ने बताउनुभयो । महानगरका उपप्रमुख हरिप्रभा खड्गीले १९९७ सालमा वीरगति प्राप्त गर्ने शहीदको पूर्णकदको शालिक बनाउन सम्बन्धित वडाध्यक्षलाई आग्रह गर्नुभयो ।
सांसद जीवनराम श्रेष्ठले जनतालाई रैतीबाट मालिक बनाउने लक्ष्य बोकेर प्राण आहुति दिएका शहीदले देखाएको बाटो हिँड्नु सबैको कर्तव्य रहेको धारणा राख्नुभयो । राणाशासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनारको शोभा भगवती मन्दिरमा मृत्युदण्ड दिइएको थियो ।
बैतडीमा जन्मिनुभएका चन्दले महात्मा गान्धीले भारतमा सुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै रामेछापको भँगेरीमा जन्मिनुभएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो ।
विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुस्थित पचलीमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । शहीद सप्ताहको अन्तिम दिन माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि गरिने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।