जगदीशपुर जलाशय क्षेत्रमा विश्व सिमसार दिवस मनाइयो

 माघ १९, २०७५ शनिबार १५:२७:० | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – विश्व सिमसार दिवसको अवसरमा अन्तराष्ट्रिय सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तुको जगदीशपुर जलाशय क्षेत्रमा २३ औँ विश्व सिमसार दिवस तथा छैठौँ चरा महोत्सव आयोजना गरिएको छ । 

दिवसका अवसरमा बाजागाजाका साथ सिमसार क्षेत्रको संरक्षण र प्रवर्धन गर्ने उद्घोष गर्दै प्रदेश नं. ५ का भौतिक पूर्वाधार तथा योजना विकासमन्त्री बैजनाथ चौधरीले जगदीशपुर जलाशय क्षेत्रमा बेलुन उडाएर कार्यक्रमकाे उद्घाटन गर्नुभयो ।

जगदीशपुर जलाशय क्षेत्रको विकासका लागि  ५ नं. प्रदेश सरकारको विशेष चासो रहेको पनि मन्त्री चौधरीले बताउनुभयो ।

त्यस अवसरमा सिमसार क्षेत्रको संरक्षण र विकासमा योगदान पुर्याएको भन्दै वन तथा वातावरण संरक्षणकर्मी कृष्ण प्रसाद पोखरेललाई सम्मान गरियाे । 

१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो तालमा १ सय ६८ प्रजातिका चरा, १० प्रजातिका उभयचर, ३२ प्रजातिका स्तनधारी, ४२ प्रजातिका घस्रने जनावर र ४३ प्रजातिका माछाहरु पाइन्छन् ।

जगदीशपुर ताल क्षेत्रमा नाैका विहार गर्न र चरा अवलोकन गर्नका लागि सर्वसाधारणहरुको घुइँचो लाग्ने गरेको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया