कोका–कोला र आईसीसीबीच साझेदारी

 माघ २१, २०७५ सोमबार १६:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वभर लोकप्रिय रहेको पेय पदार्थ कोका–कोलाले क्रिकेटमा विश्वव्यापी प्रायोजन रुपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग साझेदारी गरेको छ ।

कोका–कोला विश्वव्यापी रणनीतिक साझेदारीको रुपमा आईसीसीको ५ वर्षका लागि आधिकारिक पेय पदार्थ पाटर्नर बनेको छ । कोका–कोलाले त्यस अवधिमा आईसीसी क्रिकेटको विश्वव्यापी सम्पूर्ण गतिविधिमा प्रायोजन गर्नेछ ।

कोकले २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुन आईसीसी पुरुष विश्व कप प्रतियोगिता, २०२० मा अष्ट्रेलियामा आयोजना हुने पुरुष तथा महिला टी–ट्वेन्टी वल्ड कप, न्यूजिल्याण्डमा र भारतमा क्रमशः २०२१ र २०२३ मा आयोजना हुने आईसीसी महिला विश्वकप र आईसीसी पुरुष विश्वकपमा प्रायोजन गर्नेछ । 

कोका–कोलाले उपभोक्तासँग जोडिनका लागि कस्टमर सेन्ट्रिक पोटफोलियो बनाउदै आएको छ । कम्पनीले लामो समयदेखि विश्व खेलकुद गतिविधिमा साझेदारी गर्दै आएको छ । कोकले ८० वर्षदेखि ओलम्पिकमा, २५ वर्षदेखि विश्वकप रग्बीमा र ५० वर्षदेखि फिफामा साझेदारी गरेको छ । 

नेपालको खेलकूद विकासका लागि कोका–कोलाले एभरेष्ट प्रिमियर लिग, ट्वेन्टी–ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गरेको थियो । त्यसबाहेक कोकले विगत १० वर्षदेखि युवा तथा खेलकूद मन्त्रालय र अखिल नेपाल फुटबल एसोसियशन एन्फासँग सहकार्य गरेर धेरै जिल्लास्तरीय र अन्तरस्कुल फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया