अनुष्का शर्माले आफूजस्तै देखिने अर्की महिला भेटेपछि...

 माघ २३, २०७५ बुधबार १२:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अभिनेत्री अनुष्का शर्मा यतिबेला सामाजिक सञ्जालमा छाइरहेकी छिन । अनुष्काकाे यसरी चर्चा हुनुको कारण उनको अभिनय वा फिल्मका कारण नभई उनीजस्तै देखिने अर्की महिलाका कारण चर्चामा छिन् । 

अमेरिकाकी गायिका जूलिया माइकल्स र अनुष्का शर्मा हुबहु देखिएपछि उनीहरु जुम्ल्याहा रहेको भन्दै सामाजिक सञ्जाल प्रयोग कर्ताले उनीहरुको तस्बिर सेयर गरिरहेका छन ।

यसरी आफूलाई अनुष्का शर्मा जस्तै देखिने भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि स्वयम् जुलिया माइकल्सले ट्विटरमा अनुष्का र आफ्नो फोटो सेयर गरेर ‘अनुष्का शर्मा हामी दुई जुम्ल्याहा’ भन्दै अनुष्का शर्मालाई मेन्सन गरिन्। 

 

जुलिया आफैले अनुष्कासँगको तस्बिर सेयर गरेपछि अनुष्का शर्माले पनि जुलियालाई प्रतिक्रिया दिएकी छिन् । अनुष्काले लेखेकी छिन्, ‘हो म जीवनभरि तिमी अनि हाम्रा पाँच जना अनुहार मिल्नेहरुलाई खोजी राखेकी थिएँ ।’ 


 
अनुष्का शर्मा बलिउड फिल्म उद्योगमा अभिनयमार्फत दर्शकहरुबीच चर्चित छिन् । उनी जस्तै देखिने जुलिया माइकल्स पनि हलिउडमा गीत गाउनुका साथै लेख्ने पनि गर्छिन् । साथै उनी ग्रामी अवार्डमा उत्कृष्ट गायिकाको रुपमा नोमिनेशनमा परेकी थिइन् । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया