दुबईमा सातौं विश्व सरकार शिखर सम्मेलन, नेपालबाट मन्त्री पण्डित सहभागी हुने

 माघ २५, २०७५ शुक्रबार ११:९:४० | उमाकान्त पाण्डे

यूएई –  सातौं विश्व सरकार शिखर सम्मेलन दुबईमा आइतबारबाट सुरु हुने भएको छ । सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिले सहभागीता जनाउने छन । 

यूएईको खुशी मन्त्रालयले प्रत्येक वर्ष गर्ने सम्मेलन यो पटक आइतबारबाट सुरु भएर मंगलवार सकिने छ । सम्मेलनमा प्रविधिको भविष्य, शिक्षा, स्वास्थ्य तथा वातावरण , श्रम बजार, ट्रेड एवम राजनीतिसँग सरकार तथा समुदायको सम्बन्धलगायत विषय प्रमुख एजेण्डा रहेका छन् ।

कार्यक्रममा सरकारी कार्यालयलाई कसरी चुस्त र पारदर्शी बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ । यस्तै सम्मेलनमा विकसित प्रविधिको प्रयोग तथा देशले विभिन्न निकायमा ल्याउनुपर्ने आवश्यक नीति निर्माणका विषयमा समेत छलफल र परामर्श गरिने यूएईको खुशी मन्त्रालयले जनाएको छ । 

सम्मेलनमा प्रमुख अतिथीका रुपमा सन् २०१८ का नोबेल पुरस्कार बिजेताहरु, पाकिस्तानी प्रधानमन्त्री ईमरान खान तथा क्याथोलिक क्रिस्चियनका धर्मगुरु पोप फ्रान्सिस प्रमुख वक्ताका रुपमा रहनुभएको छ ।

१ सय ५० देशका प्रतिनिधिमध्ये १ सय २० जनाले सम्मेलनलाई सम्बोधन गर्नेछन् । गएको वर्षको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख वक्ता हुनुहुन्थ्यो ।  

नेपालका तर्फबाट मन्त्री पण्डित सहभागी हुने  

यस वर्षको सम्मेलनमा नेपालका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित सहभागी हुनुहुने भएको छ । कार्यक्रममा सहभागी हुन मन्त्री पण्डित शुक्रबार आबुधाबी आउने कार्यक्रम छ ।

नेपाली टोलीमा मन्त्री पण्डितसहित १० जना रहनेछन् ।  मन्त्री पण्डितले शनिबार आबुधाबीमा रहेको नेपाली दूतावासमा युएईमा कार्यरत नेपाली समुदायलाई सम्बोधन गर्ने  दूतावासले जनाएको छ ।   

गएका दुई वटा सम्मेलनमा नेपालका तर्फबाट लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली सहभागी हुनुभएको थियो । सम्मेलनमा मन्त्रीसहित, श्रम सचिव तथा कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले नेपालको प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको यूएईको खुशी मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया