रेमो डिसुजा सलमान खानलाई फकाउन पुगे उनकै घर

 माघ २८, २०७५ सोमबार १२:५६:३६ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता सलमान खान कसैसँग रिसाए भने उनलाई मनाउन साह्रै मुस्किल पर्छ । तर यदि उनी सामू कसैले माफी माग्दै सलमानलाई मनाउन खोजे भने सलमानले सबैकुरा भुलेर माफी दिन पछि पर्दैनन् । फिल्म ‘रेस ३’ का क्रममा फिल्मका निर्देशक रेमो डिसुजा र सलमान खानबीच विवाद भएको थियो । सलमान खान र रेमो डिसुजाबीच फिल्मको एक सिन छायांकनका क्रममा मतभेद भएको थियो । 

त्यस बेला देखि सलमान खान र रेमो डिसुजाबीचको सम्बन्ध बिग्रिएको थियो । भर्खरै रेमो डिसुजा ३ बजे राती सलमान खनलाई भेट्न भनेर उनको घर पुगेका थिए । सलमान खान रेमो डिसुजासँग रिसाएकै कारण रेमो सलमानलाई भेट्न उनको घर पुगेको हुनसक्ने बताइएको छ ।

रेमोले अभिनेता वरुण धवनसँग कुरा गरेर सलमानसँग भेट गराइदिन भनेका थिए । रेमोले वरुण धवन कै सल्लाह अनुसार सलमान खनलाई भेट्न फिल्म ‘भारत’ को सेटमा पुगेका थिए । तर सलमान खान त्यस समयमा छायांकनमा व्यस्त भएका कारण रेमोलाई भेट्न सकेनन् । रेमो आफूलाई भेट्न सेटमा आएपछि उनलाई समय दिन नसकेका सलमानले रेमोलाई अबेर राति आफ्नो घर बोलाएका थिए । 

सलमान र रेमोलाई यसरी भेट गराउनमा अभिनेता वरुण धवनको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । वरुण धवन सलमान खानका निकै नजिक मानिन्छन् भने उनी सलमानको ‘भारत’ मा पनि देखिनेछन् । यता रेमो डिसुजाको डान्समा आधारित फिल्म ‘एबीसीडी–३’ मा वरुण धवन मूख्य अभिनेता रहेका छन् । तसर्थ वरुण धवनले नै सलमान खान समक्ष रेमो डिसुजाको सिफारिस गरेका थिए । 

रेमो र सलमानबीच फिल्म ‘रेस ३’ छायांकनका क्रममा एक सिनको लागि मतभेद भएको थियो । फिल्म रिलिज पछि बक्स अफिसमा फ्लप भएपछि यि दुईबीच झनै दूरी बढेको थियो । तर अहिले भने सलमान र रेमोबीचको मनमुटाव सकिसकेको छ । सलमानले रेमोलाई माफ गरिदिएका छन् । अब भने सलमान खान र रेमो डिसुजाको सम्बन्ध सुध्रिसकेको बताइएको छ । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया