खो–खो विश्वकप : पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो
माघ २, २०८१ बुधबार
काठमाडौँ - नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरेपछि चालिसे शुक्रबार जेल चलान भएका छन् ।
ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७४ चैत २० को फैसलाअनुसार एक वर्ष छ महिना कैद र रु १० लाख जरिवाना हुने ठहर गरेकाे थियाे ।
फैसलापछि फरार रहेका धादिङ घर भई हाल कामनपा–१४ कंलकी बस्ने चालिसेलाई विहीबार पक्राउ गरी जेल चलान गरेको हो ।
तत्कालीन समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृत रहेका चालिसेले विसं २०७१ साउन ११ मा सम्पत्ति शुद्धीकरणको मुद्दा मिलाइदिन्छु भनी रु १० लाख लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।
चालिसेलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाएको ब्यूरोले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।