‘भारत तयार रहोस्, हामी जवाफ दिन्छौँ’ : पाकिस्तानी सैनिक प्रवक्ता

 फागुन १५, २०७५ बुधबार ७:२६:१९ | एजेन्सी
unn.prixa.net

पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफूरले भनेका छन्, ‘बेवकुफ साथीभन्दा विचारवान् शत्रु राम्रो हुन्छ । भारत दुश्मनीमा बेवकुफ र झुठको सहारा लिन्छ ।’

प्रवक्ता गफूरले यो पनि भनेका छन्, ‘भारतीय मिडियाले दाबी गरेका छन् कि भारतीय वायुसेनाको विमान २१ मिनेटसम्म पाकिस्तानी सीमामा रह्यो । तर, हामी भनिरहेका छौँ उनीहरु फेरि आउन् र २१ मिनेटसम्म पाकिस्तानी भूमिमा बसेर देखाउन् ।’ 

उनका अनुसार भारतीय विमान सीमासम्म आएको सूचना राडरबाट प्राप्त भएको थियो ।

भारतीय सेनाले गर्‍याे पाकिस्तानी भूमिमा आक्रमण, खसाल्यो १००० किलो विस्फोटक पदार्थ

प्रवक्ता गफुरले बताएअनुसार भारतीय सेनालाई तीन ठाउँमा उनीहरुले जवाफ दिएका थिए । उनले भने ‘दुई ठाउँमा त उनीहरु सीमामा प्रवेश गर्न नै पाएनन् एक ठाउँमा प्रवेश गरेका थिए, चार भित्रै उनीहरु फर्किएर जानुपर्‍याे । 

गफूरका अनुसार फर्किएर जानेक्रममा नै चार बम खसालेका थिए । यसले मानवीय क्षति नभएको उनले बताएका छन् । जो कोही पनि त्यहाँ गएर देख्न सक्छन् । हामी मानिसहरुलाई त्यहाँ लिएर जादैछौँ । भारतले ३५० चरमपन्थीको ज्यान गएको बताएको छ तर त्यहाँ केही नभएको उनले प्रतिक्रिया दिए । मानिसको ज्यान गएको भए केही शव भेटिनुपर्ने तर त्यहाँ केही पनि छैन ।

पाकिस्तानी भूमिमा आक्रमण गरेको १० घण्टामै भारतीय प्रधानमन्त्री मोदीले मागे भोट !

गफूरले यो पनि भनेका छन् । ‘हामी यस्तो स्थितिको लागि तयार थियौँ । हामी अब यसको जवाफ दिन्छौँ । भारतलाई अलग किसिमको दिन्छौँ, भारतलाई सरप्राइज दिन्छौँ ।’

मंगलबार बिहान भारतीय वायुसेनाले बालाकोट क्षेत्रमा एक हजार किलो विस्फोटक पदार्थ खसालेको थियो ।

यो आक्रमणलाई लिएर भारत र पाकिस्तानले आआफ्नो दाबी गरिरहेको छ । भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेको र थुप्रै चरमपन्थी मारिएको दाबी गरेको छ । पाकिस्तानले जवाफी कारबाही गरेपछि भारतीय सेना बम खसाल्दै भागेको दाबी गरेको छ ।

चुनावी माहाेल तताउन भारतले आक्रमणकाे झुटाे प्रचार गर्‍याे : पाकिस्तानी विदेशमन्त्री कुरैशी
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया