हिन्दुबारे अपमानजनक टिप्पणी गर्ने मन्त्रीलाई पदबाट हटाए इमरान खानले

 फागुन २२, २०७५ बुधबार ११:४५:३४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको पञ्जाव प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज उल हसन चौहान हिन्दु धर्मको बारेका टिप्पणी गर्दा मन्त्री पदबाट मुक्त हुनु परेको छ । 

पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का नेता तथा पञ्जाबका सूचना, संस्कृति मन्त्री चौहानले हिन्दुहरुलाई गाईको पिसाब खाने मानिस भन्दै अपमानजनक टिप्पणी गरेका थिए ।

चौहानको यो  बयानपछि पंजाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारले स्पष्टिकरणका लागि उनलाई बोलाएका थिए । त्यसपछि उनले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री बुजदारले इमरान खान नेतृत्वमा भएको पार्टीमा कुनै पनि किसिमका विभेद निम्त्याउने गतिविधि नहुने प्रतिक्रया दिए । 

मन्त्रीको यो टिप्पणी पश्चात् उनको निकै आलोचना भएको थियो । 


 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया