सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
दाङ – तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि एक अर्ब ५७ करोड, ४१ लाख, ९१ हजार २०७ रुपैयाँ को बजेट सार्वजनिक गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको तेस्रो नगरसभामा उपप्रमुख माया आचार्यले आज सार्वजनिक गर्नुभएको बजेटमा चालु खर्चतर्फ १४ करोड, ४९ लाख, १८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ १ अर्ब, ४२ करोड, ९२ लाख, ७३ हजार ७०० रुपैयाँ विनियोजन गरिएको छ ।
जसअन्तर्गत आन्तरिक स्रोतबाट १४ करोड रुपैयाँ, युनिसेफबाट अनुदान ७५ लाख रुपैयाँ, सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदान, नेपाल सरकारबाट २९ करोड, ७४ लाख, १३ हजार रुपैयाँ, सशर्त अनुदान विषयगत ४१ करोड, ९१ लाख, ८२ हजार रुपैयाँ, राजश्व बाँडफाँटबाट १९ करोड, ५२ लाख, ४५ हजार रुपैयाँ रहेको छ ।
यसैगरी प्रदेश सरकारको वित्तीय समानीकरणबाट ६८ लाख, ७८ हजार रुपैयाँ, सशर्त अनुदान एक करोड, ३३ लाख रुपैयाँ, राजश्व बाडँफाँटबाट दुई करोड १३ लाख, ३० हजार रुपैयाँ र अन्य अनुदानबाट एक करोड १७ लाख रुपैयाँ प्राप्तहुने अनुमान गरिएको छ । गएको वर्षको मौज्दात एक करोड १६ लाख, ४१ हजार २०७ रुपैयाँ र नगर विकास कोषबाट ऋण १० करोड रुपैयाँ, समपूरक अनुदान १५ करोड रुपैयाँ गरी जम्मा एक अर्ब ५७ करोड, ४१ लाख, ९१ हजार, २०७ आय अनुमान गरिएको उपप्रमुख आचार्यले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले बजेटमा प्राथमिकता आफ्नो क्षेत्रभित्र पर्ने भौतिक पूर्वाधार निर्माण गर्न नगर र वडास्तरीय गौरवका योजनाका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै पठन संस्कृतिको विकास र बौद्धिक छलफलका लागि तुलसीपुर नगरस्तरीय पुस्तकालय सञ्चालनका लागि रु ५० लाख, तुलसीपुर बसपार्कभित्र आधुनिक तुलसीपुर अटो भिलेज निर्माण सम्पन्न गर्नका लागि थप रु एक करोड, राप्ती शान्ति उद्यान, चमेरे गुफा, थर्कोट, गौरीगाउँ ताल, बबई नदी, कृष्ण मन्दिर पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि रु एक करोड, व्यावसायिक कृषि तथा पशुपालनको विकास, व्यावसायिक किसान पोशाक तथा परिचयपत्र वितरण, व्यावसायिक फलफूल बगँैचा निर्माण, बाह्रै महिना सिँचाइ सुविधा उपलब्धता, शीत भण्डार निर्माण गर्नका लागि कृषि, पशुपालन र सिँचाइ क्षेत्रमा एकमुष्ठ रु छ करोड रकम विनियोजन गरिएको छ ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सञ्चारगृहलाई प्रभावकारी बनाउन, सञ्चार कोषको स्थापना गर्न र जनताको सूचना पाउने हक स्थापित सञ्चारकर्मीलाई विभिन्न किसिमका तालीम तथा प्रशिक्षण गर्नका लागि ३० लाख रुपैयाँ रकम विनियोजन गरिएको उपप्रमुख माया आचार्यले बजेट मन्तव्यमा जानकारी दिनुभएको छ ।
सुविधा सम्पन्न पशु अस्पताल र एनिमल एम्बुलेन्स सञ्चालनका लागि ५० लाख रुपैयाँ, टोलटोलमा सहकारी घरघरमा भकारी भन्ने लक्ष्यका साथमा आम जनतासमक्ष सहकारीप्रतिको आकर्षण बढाउन, सहकारीको क्षमता विकास गर्न र अनुगमन कार्यका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । तुलसीपुरमा बहुद्देश्यीय सभाहल निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको पर्यटन प्रवद्र्धन गर्न होमस्टे सञ्चालनका लागि गुरुयोजना बनाई कार्यान्वयन गन २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने आइटी पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।