सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
मोरङ – विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि चार अर्ब ४७ करोड आठ लाख ४९ हजार रुपैयाँ आयव्ययसहितको बजेट सार्वजनिक गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा दोस्रो नगरसभाको उद्घाटनका अवसरमा बजेट सार्वजनिक गरिएको हो ।
यो अवसरमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिको दुई अर्ब ५२ करोड ८३ लाख ४९ हजार रुपैयाँ र एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनाको एक अर्ब ९४ करोड २५ लाख रुपैयाँ गरी जम्मा चार अर्ब ४७ करोड आठ लाख ४९ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुु भएको हो ।
महानगरपालिकाको आन्तरिक स्रोतबाट ५४ करोड तीन लाख रुपैयाँ, राजश्व बाँडफाटबाट ३७ करोड पाँच लाख रुपैयाँ, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ५३ करोड ८७ लाख रुपैयाँ, विषयगत कार्यालय ४४ करोड ९६ लाख रुपैयाँ, संघीय सरकार समपूरक र विशेष अनुदानबाट १० करोड रुपैयाँ, संघीय सरकार सर्त अनुदान ३६ करोड १५ लाख रुपैयाँ, वैदेशिक र अन्य संघसस्था अनुदान चार करोड ४६ लाख ५० हजार रुपैयाँ, जनसहभागिताबाट तीन करोड ५० लाख रुपैयाँ, नगर विकास कोष ऋण सहयोग एक करोड ८० लाख रुपैयाँ, मौज्दात सात करोड रुपैयाँसहित जम्मा दुई अर्ब ५२ करोड ८३ लाख ४९ हजार रुपैयाँ आय हुने अनुमान गरिएको छ ।
यस्तै चालु खर्चका लागि ३३ करोड ६८ लाख ५२ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ता २० करोड रुपैयाँ, भौतिक पूर्वाधारका लागि तीन अर्ब २५ करोड तीन लाख ३३ हजार रुपैयाँ, वातावरण तथा सरसफाइ, विपद् व्यवस्थापन, सूचना तथा प्रविधि व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि पाँच करोड ९३ लाख ३० हजार रुपैयाँ र सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपंक्षी कार्यक्रमका लागि नेपाल सरकारको सर्त अनुदानसमेत ६२ करोड ४३ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
प्रमुख पराजुलीले प्रदेशको राजधानीका लागि विराटनगरको भौतिक विकासलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याएको बताउँदै अब विराटनगर ‘सफा सुन्दर, सुरक्षित र सक्षम हुने छ भन्नुभयो ।
शहरी, बाढीपीडित जनताको व्यवस्थापन, खोला नियन्त्रण, सूचना प्रविधि तथा पर्यटनको विकासमा बजेटले विशेष जोड दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।