अन्तर्राष्ट्रिय वालिङ –१०० माउन्टेन बाइकको विजेता बने क्यानडाका वालेस

 फागुन २६, २०७५ आइतबार ७:५५:९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा – स्याङजाको वालिङमा सम्पन्न भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानडाका कोरी वालेसले जितेका छन् । 

वालिङ नगरपालिकाको सहयोग तथा ‘वन्डरफुल’ वालिङ पर्यटन विकास संस्थाको आयोजनामा भएको प्रतियोगितामा विभिन्न देशका खेलाडीलाई पछि पार्दै कोरीले उपाधि जितेका हुन् । उनले नगद रु ५ लाख, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । एक सय किलोमिटरको दूरी तोकिएको समय १० घण्टामा ६ जना प्रतिस्पर्धीले मात्रै पूरा गरेका प्रतियोगिताका निर्देशक दिनकर नेपालले जानकारी दिनुभयो । टाइटल विजेता क्यानडाका कोरीले ६ घण्टामा एक सय किलोमिटरको पहाडी साइकल यात्रा पूरा गरेका थिए ।

त्यस्तै नेपाली खेलाडीमा पुरुषतर्फ हप्कबहादुर लामा पहिलो भएका छन् उनले नगद १ लाख ५० हजार पाएका छन् भने दोस्रो भएका कमल ओली र तेस्रो भएका सन्तोष गुरुङले क्रमशः रु ५० हजार र ३० हजार पाएका छन् । त्यस्तै महिलातर्फ लक्ष्मी मगर पहिलो भएकी छन् उनले ३ लाख रुपैयाँ पाएकी छन् भने दोस्रो भएकी सोेनी गुरुङले रु ५० हजार पाएकी छन् ।

प्रतियोगितामा क्यानेडियन खेलाडी, भारतीय खेलाडी, आर्मी, एपीएफलगायतका गरी २७ भन्दा धेरै खेलाडिको सहभागिता रहेको थियो । साहसिक खेलको केन्द्र बनाउनका लागि यस्ता प्रतियोगिताले सघाउ पुग्ने निर्देशक दिनकर नेपालले बताउनु भयो । यहाँ रहेका संस्कार संस्कृति, पर्यटन र प्रकृतिका माध्यमबाट वालिङ तथा स्याङ्जामा पर्यटक भित्र्याउने र पर्यटनका विकास गरी यहाँका नागरिकको जीवनस्तर माथि उकास्ने उद्देश्यले स्थापित ‘वण्डरफुल वालिङ’ यहाँका युवाहरुको संस्था हो ।

साइकलिङ रुट वालिङको सुकौँदी बगरबाट सुरु भई त्रियासी, छापागाँउ, सिंगारकोट, माँझकोट, तलाथोक, मिनाङकोट, जगतभञ्याङ, केँवरे, चिहानडाँडा, काफलडाँडा, गह्रौँशुर मन्दिर, बजाकोट, दाङसेया, करादी, झोलुङगे, उदियाचौर, घुरुङखा, डुम्रेभञ्याङ, स्वरेकमैदान, टापु भञ्याङ, डौँवा हुँदै पुनः सुकौँदी आएर सय किलोमटिर यात्रा पूरा भएको थियो । प्रतियोगीहरुलाई रुटमा पर्ने विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा स्थानीयले स्वागत गरेका थिए ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया