जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई ‘वैश्विक आतंकवादी’ घोषणा गर्न मानेन चीन

 फागुन ३०, २०७५ बिहिबार १३:३:२ | एजेन्सी
unn.prixa.net

चीनले फेरि एक पटक चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई ‘वैश्विक आतंकवादी’ घोषित गर्ने संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रयासमा रोक लगाएको छ । 

राष्ट्रसंघीय सुरक्षा परिषदमा अमेरिका, बेलायत तथा फ्रान्सले अजहरलाई संयुक्त राष्ट्र संघको आतंकवादीहरुको ब्ल्याक लिस्टमा सूचीकृत गर्न प्रस्ताव गरेका थिए । तर चीनले भने यो प्रस्तावलाई भिटो प्रयोग गर्दै रोकिदियो । 

यसभन्दा पहिले पनि चीनले मसूद अजहरलाई तीन पटक ‘वैश्विक आतंकवादी’ घोषित गर्ने प्रयासमा ‘टेक्निकल होल्ड’ गराएको थियो । यो रोक नौ महिनासम्म कायम रहनेछ । त्यसपछि फेरि सुरक्षा परिषदमा यो प्रस्ताव लैजान सकिनेछ । नौ महिनापछि पनि चीनले चाहेमा सुरक्षा परिषदको स्थायी सदस्य भएका नाताले भिटो प्रयो गर्दै यो प्रस्तावलाई फेल गराउन सक्छ । 

जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म !

समाचार एजेन्सी एएफपीका मुताबिक सुरक्षा परिषदलाई दिएको आफ्नो पत्रमा चीनले मसूद अजहरलाई प्रतिबन्ध लगाउने अपिलका बारेमा बुझ्न केही समय लाग्ने बताएको छ ।

पुलवामा आक्रमणपछि भारतले जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरविरुद्ध सुरक्षा परिषदले कडा निर्णय गर्ने अपेक्षा लिएको थियो । तर चीनको अडानका कारण त्यो अपेक्षा पूरा भएन । कतिपयले यसलाई भारतीय कुटनीतिक हारको संज्ञा दिएका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया