सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाडौं – इटालीको ट्रेण्टो प्रदेशको ऐतिहासिक रोभेरेटो शहरस्थित बेल अफ द फलन भनिने घण्ट अर्थात मारिया डोलेन्स्मा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ ।
यही जुन २४ का दिन एक विशेष समारोहकाबीच पिस वेलको सामुन्ने नेपाली झण्डा फहराइएकोे जेनेभास्थित नेपाली राजदूतावासले साेमबार एक विज्ञप्तिमार्फत जनाएको हो ।
समारोहमा नेपालको तर्फबाट इटालीका लागि गैरआवासीय राजदूत दीपक धिताल, पिस वेल फाउण्डेसनका प्रमुख संरक्षक सिनेटर अल्बर्टो रोबल लाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो ।
पिस वेलको सामुन्ने नेपालको राष्ट्रिय गानसहित झण्डोत्तोलनपछि १०० पटक घण्टा बजाउनका साथै इटालीको राष्ट्रिय गान समेत बजाइएको थियो ।
नेपालको झण्डा दुई हप्तासम्म घण्टाको सामुन्ने छुट्टै फहराइने एवं तत्पश्चात स्थायी रुपमा अन्य मुलुकका झण्डासँगै राखिने जनाइएको छ । सो अवसरमा फाउण्डेशनका प्रमुख संरक्षक प्रोफेसर सिनेटरले मारिया डोलेन्समा झण्डा स्थापना गर्ने ९६ औँ मुलुकका रुपमा नेपाललाई स्वागत गर्दै शान्ति, भाइचारा र आपसी समझदारीका लागि उक्त स्थान सानो संयुक्त राष्ट्रसंघको रुपमा विकसित हुँदै गएको बताउनुभयो ।
उहाँले नेपाल र नेपालीप्रति इटाली जनतामा अत्यन्त ठूलो सद्भाव र मित्रता रहेको बताउँदै नेपालको झण्डा स्थानमा स्थापना भएबाट प्रतीकात्मक रुपमा दुई मुलुकका जनता अझै निकट भएको बताउनुभयो ।
राजदूत धितालले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देशको तर्फबाट विश्व शान्ति र भाइचाराप्रति ऐक्यबद्धता जनाउने प्रतीकात्मक घण्ट भएको मिरावेल हिलमा नेपालको झण्डा स्थापित गर्न पाउँदा खुशी र गौरव अनुभव भएको बताउनुभयो ।
उहाँले नेपाल र इटालीबीच सरकारी तथा जनस्तरमा समेत विस्तार हुँदै आएका सम्बन्धका बारेमा प्रकाश पार्दै यसलाई थप गतिशील र पारस्परिक सहयोगमा आधारित बनाउन आह्वान गर्नुभयो ।
पिस फाउण्डेसनको तत्वावधानमा आयोजित उक्त कार्यक्रममा फाउण्डेशनका अध्यक्ष, ट्रेन्टो प्रान्तका लागि सरकारी कमिशनर, प्रान्तका अध्यक्ष र ट्रेन्टो शहरका उपमेयर लगायत करीब १५० जनाको उपस्थिति थियो । सो अवसरमा नेपाली समुदायको समेत उल्लेख्य उपस्थिति थियो ।
प्रथम विश्वयुद्धताका ट्रेण्टिनो युद्धमा मारिएका १२ देशका करिब २० हजार ज्ञातअज्ञात सैनिकको सम्झनामा सम्बन्धित मुलुकबाट प्राप्त तोपको काँस धातुबाट बनेको अजंगको घण्टलाई मारिया डोलेन्स् भनिन्छ ।
सन् १९२४ मा स्थापित विश्व शान्ति, सहिष्णुता र समझदारीको प्रतीक यस स्मारकमा ऐक्यबद्धता प्रदर्शन गर्दै नेपाललगायत ९६ मुलुकले हालसम्म आ–आफ्ना राष्ट्रिय झण्डा स्थापना गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।