बेलायतलार्इ यूराेपेली यूनियन छाेड्ने बाटाे खुल्याे

 असार १२, २०७५ मंगलबार २०:११:१४ | रासस
unn.prixa.net

यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ । 

मङ्गलबारको संसद बैठकमा बेलायती संसदका सभामुखले बहिर्गमनका लागि भएको बहसपछि बिधेयक पारित भएको घोषणालाई कन्जर्भेटिभ पार्टीका सांसदहरूले भव्य तालीको गडगडाहटबाट स्वागत गर्दै खुशीयाली मनाएका थिए । 

सभामुख जोन बर्कोले भन्नुभयो, जसले बेलायतलाई इयूको सदस्यताका लागि बाटो खोलेको यूरोपेली सदस्य राष्ट्रसम्बन्धि ऐन (१९७२), जसलाई बेलायतको इयूबाट बहिर्गमनका लागि खारेज गर्न प्रस्ताव गरिएको थियो, ले महारानी एलिजावेथ द्वितीयबाट स्वीकृत भएको छ । अब विधेयकले कानूनी हैसियत प्राप्त गरेको छ । 

विधेयकले दशकौँको यूरोपेली कानूनलाई बेलायती कानूनी कितावमा रहेको कुनैपनि वैधानिक समस्यालाई रोक्नेछ । 
यसले मार्च २९, २०१९ को राती ११ बजे ९ब्रसेल्सको मध्यरात० लाई बेलायती कानूनमा ‘ब्रेक्जिट डे’का रूपमा पनि स्थापित गर्नेछ । अर्थात् इयू ऐनको धारा ५० बाट हुने बहिर्गमन प्रक्रियाको पनि अन्त्य गर्नेछ । 

सन् २०१७ को जुलाईमा प्रस्तुत विधेयकमाथि बेलायती संसदमा २५० घण्टा लामो कडा बहस चलेको थियो । 

यूरोपप्रति शङ्का व्यक्त गर्ने बेलायतीहरूले विधेयकले कानूनी स्वरूप पाएसँगै खुशीयाली व्यक्त गरेका छन् । तर इयूबाट बेलायतको बहिर्गमनका लागि ब्रसेल्ससँगको वार्ता भने अझै विविध कारणले अनिश्चित देखिएको छ । 

अन्तराष्ट्रिय व्यापार मन्त्री लायम फक्सले विधेयकले कानूनी स्वरूप पाएपछि प्रतिक्रिया दिँदै भन्नुभयो, विधेयकले ब्रेक्जिटका लागि ‘अपरिवर्तनीय’ रूपमा बाटो खुला गरिदिएको छ बेलायतले ‘अब इयू नछोड्ने सम्भावना शुन्य’ रहने छ । 

सत्ताधारी कन्जरभेटिभ पार्टीका इयूविरोधी चर्चित नेता तथा सांसद याकोव री–मगले गत हप्ताको अन्तमा भन्नुभएको थियो, “बेलायतको सहज बहिर्गमनका लागि अब वैधानिक अवस्था धेरै बलियो भएको छ ।” 

उहाँले थप्नुभयो, ‘यससँगै प्रधानमन्त्री टरिजा मे को ब्रेक्जिटका लागि हात थप बलियो भएको छ ।’

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया