सरकारले भन्यो – ‘तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नू’

 असार १५, २०७५ शुक्रबार ६:५२:९ | रासस

काठमाडौं – साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने भएको छ । 

गृह मन्त्रालयमा विहीबार भएको छलफलमा गृह प्रशासन सुधार योजनानुसार अब जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध गर्नुपर्ने भएको हो । छलफलमा गृहमन्त्री रामबहादुर थापाले देशभर विरोध कार्यक्रमका लागि निश्चित स्थान तोकिएकाले सोही स्थानमा मात्र विरोध गर्नुपर्ने बताउनुभयो ।

“मुलुकभर शान्ति सुरक्षा कायम गर्दै नागरिक स्वतन्त्रता र नागरिक अधिकारका लागि यो कदम चालेका हौँ,”, उहाँले भन्नुभयो । उहाँले सुशासन कायम गरी अग्रगमनलाई सुव्यवस्थित बनाउनका लागि प्रदर्शनस्थल तोकिएको बताउनुभयो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले खुलामञ्च, तीनकुने खुला चौर, भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर र सिफल चौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने बताउनुभयो । उहाँले गृह प्रशासन सुधार कार्ययोजनानुसार उक्त स्थानलाई विरोध प्रदर्शनस्थलका रूपमा छुट्याइएको बताउनुभयो । 

यस्तै ललितपुरमा च्यासल खेलमैदान, गोदावरी बसपार्क अगाडि, बज्रबाराही, भैँसेपाटी, लुभु, लामाटार र धोबीघाट चौर तथा भक्तपुरमा सल्लाघारीमा विरोध प्रदर्शनस्थल तोकिएको छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया