उपचारका क्रममा डेढ वर्षीय बालकको ज्यान गएपछि मेडिकल सञ्चालक पक्राउ

 जेठ ७, २०७६ मंगलबार ११:१७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – डेढ वर्षीय बालकको उपचारका क्रममा ज्यान गएपछि दाङ देउखुरीका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।

दाङको गढवा गाउँपालिका वडा नं १ जेठानगाउँमा रहेको यूनिक मेडिकल सञ्चालक चेतराम चौधरीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । अर्घाखाँची सितगंगा नगरपालिका घर भई देउखुरी माइती आउनु भएकी सतिा कुमालले आफ्नो  १८ महिने छोरो सुशान्त बिरामी भएपछि यूनिक मेडिकलमा उपचारका लागि लैजानुभएको थियो ।

बालकलाई उपचारका क्रममा मेडिकल सञ्चालक चौधरीले गलत औषधि प्रयोग गरेपछि बालक बेहोस भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बालक बेहोस भएपछि उपचारको लागि बुटवल लगिएको थियो । उपचारकै क्रममा बालकको ज्यान गएको हो ।

बालकको शव लमही अस्पताल देउखुरीमा राखिएको र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया