निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध
बैशाख १५, २०८१ शनिबार
दार्चुला – दार्चुलामा विद्यालयको शौचालयको छत भत्किँदा चार जना विद्यार्थीको ज्यान गएको छ ।
नौगाड गाउँपालिका वडा नम्बर ४ मा रहेको गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत चार जना बालबालिकाको ज्यान गएको दार्चुलाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
मंगलबार दिउँसो विद्यालय बिदा भइसकेपछि शौचालयको छतमा खेल्दा छत भत्किएपछि बालबालिकाको ज्यान गएको शाहीले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा निरुता ठगुन्ना, अनुष्का धामी, युनिका ठगुन्ना र सुदिश धामी रहेका र उनीहरु ९ बर्ष भन्दा मुनिका रहेको प्रहरीले जनाएको छ ।