सेमिफाइनलमा भारतकाे खराब सुरुवात: ६ रनमा ३ विकेट

 असार २५, २०७६ बुधबार १६:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

जारी विश्वकपको सेमिफाइनल खेलमा २४० रन पच्छ्याउने क्रममा खराब सुरुवात गरेको छ । 

भारतले पहिलो ३ ओभरभित्र ५ रनमात्र बनाउँदै सुरुवाती र भरपर्दा ३ विकेट गुमाएको छ । रोहित शर्मा, विराट कोहली र के एल राहुल सस्तैमा पेभेलियन फर्किए ।

रोहित शर्मा दोस्रो ओभरको तेस्रो बलमा टिमको स्कोर ४ हुँदा म्याट हेनरीको बलमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान विराट कोहली १ रन बनाउँदै ट्रेण्ट बोल्टको बलमा एलबीडब्लु हुन पुगे । उनले जम्मा ६ बलको सामना गर्न भ्याएका थिए ।

सुरुवाती ३ जनाले नै व्यक्तिगत एक-एक रन जाेडेर आउट भएका हुन् ।

त्यसपछि के एल राहुललाई चौथो ओभरको पहिलो बलमा म्याट हेनरीले लाथमको हातबाट क्याच आउट गराए ।अहिले क्रिजमा रिषभ पन्त र दिनेश कार्तिक खेलिरहेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया