विश्वकप क्रिकेट : अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुग्ने इंग्ल्याण्डको लक्ष्य

 असार २६, २०७६ बिहिबार ७:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

एकदिवसीय विश्वकपको उपाधि पहिलोपल्ट उचाल्ने लक्ष्यमा रहेको इंग्ल्याण्डलाई अहिले सबैभन्दा ठूलो र निर्णायक जितको आवश्यकता छ । 

यो खेल बर्मिङघमस्थित एजबास्टोन रंगशालामा नेपाली समयअनुसार बिहीबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । 

प्रतियोगिताअघि घरेलु टोली इंग्ल्याण्ड र भारतलाई उपाधिको मुख्य दाबेदार मानिएको थियो । तर, उनीहरुभन्दा माथि थियो साविक विजेता अस्ट्रेलियाको क्षमता । 

लिग चरण अन्तर्गत लर्डसमा खेलिएको खेलमा प्रभावशाली अस्ट्रेलियाले इंग्ल्याण्डमाथि ६४ रनको जित हासिल गरेको सबैको स्मरणमा ताजै छ । 

तर पाँचपल्टको उपाधि विजेता अस्ट्रेलियाले आफ्नो प्रभाव प्रतियोगिता सुरु हुनु अघि नै देखाइसकेको थियो, जतिबेला अभ्यास खेलमा उसले १२ रनको जित हासिल गरेको थियो । 

अर्कोतर्फ इंग्ल्याण्डको प्रदर्शनमा एक रुपताको कमी छ । यस प्रतियोगितामा इंग्लिस टोली मुख्यतः रन चेजमा कमजोर देखिएको छ । श्रीलंकाविरुद्ध २० रनको अप्रत्यासित हारमा इंग्ल्यान्ड २३३ रनमै समेटिएको थियो । 

उनीहरु अस्ट्रलियाविरुद्ध अझै उत्कृष्ट ब्याटिङको प्रयास गर्नेछन् । 

अस्ट्रेलिया पनि उपाधि रक्षा अभियानमा अधिक आत्मविश्वासी देखिएको छ । समूह चरणमा उसले २ हार ब्यहोरेको थियो । दुवै रन चेज गर्ने क्रममा ब्यहोरेको थियो । पछिल्लो खेलमा दक्षिण अफ्रिकाबिरुद्ध ३ सय २५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १० रनले हारेको थियो । 

यो हारले अस्ट्रेलियाको पोजिसनमा असर परेको थियो र दोस्रो स्थानमा इंग्ल्यान्ड प्रतिद्वन्दी पाएको थियो । चोटग्रस्त शन मार्सको स्थानमा पिटर ह्यान्स्कोबलाई टिममा बोलाइएको छ । जसले विश्वकपमा डेब्यू गर्दैछन् ।

उस्मान ख्वाजाको स्थानमा म्याथ्यू वेडलाई टिममा बोलाइएको छ । वेड पछिल्लो समय उच्च लयमा छन् । अस्ट्रेलिया ए टिमबाट उनी पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेका थिए । 

पछिल्ला २ खेलमा भारत र न्युजिल्यान्डलाई हराएपछि इंग्लिस टोली उत्कृष्ट बनेको छ । तर, अस्ट्रलियासँगको पछिल्लो २ हारले उनीहरु मनोबैज्ञानिक रुपमा पछि हुनेछन् ।

यस खेलको विजेताले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ । न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै लगातार दोस्रोपटक फाइनलमा पुगेको थियो । 

दोस्रो सेमिफाइनल यदि अस्ट्रेलियाले जितेमा गएको संस्करणकै फाइनल दोहोरिनेछ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया