खो–खो विश्वकप : पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो
माघ २, २०८१ बुधबार
म्याग्दी – जिल्लाको अति दुर्गम क्षेत्रमा धमाधम झोलुुङ्गे पुल निर्माण भएको छ ।
नजिकैको बस्तीमा पुग्नसमेत अक्करे भिर, साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै सहज आवतजावत गर्न पाएका छन् । स्थानीय निकाय, झोलुङ्गे पुल सहयोग एकाइ (टीबीएसयु)को आर्थिक सहयोग तथा गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सम्पन्न भएका १० वटा पुलले घण्टौँ लाग्ने बाटो आधा घण्टामै छोट्याइदिएका छन् ।
जिल्लाको अति विकट धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी खोलामाथि निर्माण भएको झोलुुङ्गे पुलले अक्केर भिर र खोलाबाट वारपार गर्ने सिम्कोश र बगर गाउँका बासिन्दाले तुइन र हिँउदको समयमा साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो ।
“गाउँपालिकाको लगानीमा जिल्लामै पहिलो झोलुुङ्गे पुल बनेको छ । पुल बनेपछि स्थानीय बासिन्दाले खुसियाली मनाएका छन्”, पुनले भन्नुभयो । विसं २०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि सिस्कोशमा खाद्य साम्रगीको समेत अभाव हुने गरेको थियो । मुदीको जेल्तुङ, सिम्कोश र बगर गाउँ जिल्लाकै विकट बस्तीका रुपमा चिनिन्छन् । पुल ४४ लाख ७६ हजार १८८ रुपैयाँ लागतमा निर्माण भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
पुलको उद्घाटनका लागि पुगेकी गाउँपालिका अध्यक्ष पुनलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । जिल्लाको मालिका गाउँपालिका वडा नं २ र ३ जोड्ने टाक्सेखोला भोलुङ्गे पुलमा स्थानीय बासिन्दालेसमेत कठोर जनश्रमदान गरेका थिए । ६४ मिटर लम्बाइ रहेको पुलले दुईवटा वडाका बासिन्दालाई राहत भएको छ । पुलको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुहुँदै दुर्गम बस्तीमा रहेका पुराना र जीर्ण पुललाई विस्थापित गरिने बताउनुभयो ।
पुलको निर्माण सम्पन्न भएपछि दुवै वडाका करीब ४०० घरधुरी लाभान्वित भएका छन् । ३२ लाख ९६ हजार रुपैयाँमा सम्पन्न भएको पुलमा स्थानीयवासीले जनश्रमदान गरेका थिए ।
त्यसैगरी झोलुुङ्गे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको रुमको टाक्से, ओखरबोटको नुन्थला, देविस्थानको दोबिल्ला र दाङखोला झोलुुङ्गे पुल निर्माण सम्पन्न भएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाभित्र सम्पन्न भएको रुमको टाक्से ३२ लाख ९६ हजार रुपैयाँ, ओखरबोटको नुन्थला २५ लाख ८३ हजार रुपैयाँ, देवीस्थानको दोबिल्ला ३२ लाख ३३ हजार रुपैयाँ र दाङखोला झोलुुङ्गे पुल ३१ लख ३३ हजार रुपैयाँ लागतमा सम्पन्न भएको हो ।
कूल एक करोड २२ लाख ७८ हजार रुपैयाँ लागतमा सम्पन्न भएका पुलको धमाधम उद्घाटन भइरहेको मिलन म्याग्दीकी कार्यकारी अधिकृत दिवा पुनले बताउनुभयो । मालिका र धौलागिरिमा स्थानीय तहले पुलमा बजेट विनियोजन गरेपछि सहज भएको उहाँको भनाइ छ ।
पुनका अनुसार मिलन म्याग्दीले चालु आवमा जिल्लाको धौलागिरि गाउँपालिको मुदीको जेल्टुङ, मुदी र मराङ जोड्ने छरीखोलामा ट्रस पुल, लुलाङको धानमाने खोला, मंगला गापा–५ अर्मनको आरुखोला, अन्नपूर्ण गापाको हिस्तान र राम्चेमा ट्रस पुल, रघुगंगा गापा–६ घयासीखर्कमा गरी चालु आवामा कूल दुई करोड ४० लाख रुपैयाँको लागतमा सम्पन्न भएको पुलले पुराना, जीर्ण र तुइन विस्थापित भएका छन् । निर्माण सम्पन्न गरिएपछि झोलुङ्गे पुलको भार परीक्षण गर्दा शतप्रतिशत सफल हुने गरेको मिलन म्याग्दीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।