रवि लामिछानेको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाइयाे
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिश गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई अर्को अदालतमा सरुवा लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको अध्यक्षमा बसेको परिषद्को बैठकले नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै यी न्यायाधीशहरूको सरुवाका लागि सिफारिस गरेको हो । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले नियुक्ति गर्ने कानूनी व्यवस्था रहेको छ ।
विशेष अदालतमा अध्यक्षसहित पाँच सदस्य तोक्न परामर्श दिने
न्याय परिषद्ले विशेष अदालतमा अध्यक्षसहित पाँच सदस्यहरू तोक्नका लागि परामर्श दिने निर्णय गरेको छ । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीशहरूलाई तोक्न परामर्श गर्ने निर्णय गरेको हो ।
विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारी, सदस्यहरूमा उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दिपायलका न्यायाधीश वालेन्द्र रुपाखेती रहनुभएको छ ।
त्यसैगरी, उच्च अदालत सुर्खेतका न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्न परामर्श दिने निर्णय गरेको हो । विशेष अदालतमा अहिले अध्यक्ष र दुई सदस्य गरी तीन जना मात्र न्यायाधीश हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।