लस एन्जसलमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्यो
पुस २८, २०८१ आइतबार
पर्वत - पर्वतको कुस्मा नगरपालिका–१४ वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना वृद्धवृद्धालाई सम्मान गरेको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा वृद्धवृद्धालाई पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले लौरी र कम्बल उपहारको रुपमा वितरण गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले वृद्धलाई अपमान होइन सम्मान गर्नुपर्छ भन्ने सन्देश यस सम्मान कार्यक्रमले दिएको भन्दै हरेक ज्येष्ठ नागरिक हाम्रो सम्पत्ति भएकाले उनीहरुको सम्मान र संरक्षण गर्नु राज्यका हरेक निकायको कर्तव्य हुनुपर्ने बताउनुभयाे ।
बुढेसकालमा परिवारका सदस्यबाट समेत अपहेलित हुनुपर्ने पीडा धेरै वृद्धवृद्धाको छ । वडामा आफूले दिएको मतबाट निर्वाचित जनप्रतिनिधिबाट कम्मल र लठ्ठीसहित सम्मानित हुँदा खुशी भएको वृद्ध नरबहादुर क्षेत्रीले बताउनुभयो । “हामीलाई सम्झेर लौरी र कम्मल दिएको छ”, उहाँले भन्नुभयो, “हिँडडुल गर्न र जाडो हुँदा दुवै काम लाग्ने सामान दियो ।”
वडा कार्यालयले हरेक वर्ष वृद्धवृद्धालाई सम्मान गर्दै आएको छ । यस पटक लौरी र कम्बल दिएर सम्मानित गरिएको वडाध्यक्ष भीमप्रसाद गुरुङले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।