तीन महिनादेखि बेपत्ता राउटेको खोजी गरिदिन आग्रह

 साउन २३, २०७६ बिहीबार ७:२५:५७ | रासस
unn.prixa.net

तीन महिना अघि सुर्खेतको गुर्भाकोट नगरपालिका सेराघारीबाट हराएका ३७ वर्षीय राउटे जयबहादुर शाही ।

सुर्खेत – राउटे अगुवाले तीन महिना अघि सुर्खेतको गुर्भाकोट नगरपालिकाको सेराघारीबाट हराएका आफ्ना सदस्यको खोजी गरिदिन माग गरेका छन् ।

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा राउटे अगुवाले बेपत्ता युवा जयबहादुर शाहीको खोजी गरिदिन सरकारसँग आग्रह गरेका हुन् । राउटे अगुवाका अनुसार ३७ वर्षीय जयबहादुर यही वैशाख २५ गतेदेखि बेपत्ता हुनुभएको हो । ‘जङ्गलमा शिकार खेलेर फर्कर्ने क्रममा सेराघारी आसपासबाट हराएको हो, हामीले धेरै ठाउँमा खोज्यौँ, फेला पार्न सकेनौँ’ राउटे युवा प्रकाश शाहीले भन्नुभयो, ‘शिकार खेलेर फर्कंदा गाउँमा विवाह थियो, केही समय त्यहाँ बस्यौँ, त्यसपछि जयबहादुर बस्तीमा आएनन् ।’

उहाँले बेपत्ता आफ्ना सदस्यको खोजीका लागि सञ्चारकर्मी र सरकारसँग आग्रह गर्नुभयो । जयबहादुरको घरमा ६५ वर्षीय बुबा कान्छाराम र बहिनी सुना हुनुहुन्छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यो समुदाय अहिले दैलेखको गुराँस गाउँपालिकामा बसाइँ सरेको छ । राउटे समुदायले जयबहादुर हराएपछि गुराँस गाउँपालिकाको कार्यालयलाई खोजीका लागि निवेदन दिएको छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया