ग्लोबल टी २० क्यानडाको उपाधि सोमपालको टिम विनिपेगलाई

 साउन २७, २०७६ सोमबार ७:२६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

ग्लोबल टी २० क्यानडाको उपाधि नेपाली खेलाडी सोमपाल कामीको टिम विनिपेग् हक्सले जितेको छ । आइतबार राति भएको फाइनलमा भ्यानकुभर नाइटमाथि सुपर ओभरमा जित निकाल्दै उपाधि जितेको हो ।

फाइनल खेलमा पनि सोमपाल भने टिममा परेनन् । विनिपेग्सले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो । साइमान अनवरले ९० तथा क्रिस लिनले ३७ रनको योगदान गरे ।

भ्यानकुभर नाइटका आन्द्रे रसेलले ४ विकेट हात पारे । १९३ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको भ्यानकुभर पनि निधारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रनमा रोकियाे ।

सुरुआत राम्रो गर्न नसके पनि भ्यानकुभरका कप्तान सोयब मल्लिक र आन्द्रे रसेलले उत्कृष्ट पारि खेले । मलिक ६४ रन बनाएर आउँट हुँदा रसेल ४६ रनमा नट आउट रहे । सुपर ओभरमा पहिला ब्याटिङ गरेको भ्यानकुभरले २ विकेट गुमाएर ९ रन बनाएको थियो ।

सुपर ओभरको पहिलो बलमा आन्द्रे रसेलले छक्का प्रहार गरेका थिए । दोस्रो बलमा एक रन लिए । तेस्रो बलमा लेग बाई मार्फत १ रन आएको थियो । चौथो बलमा रसेल आउट भएका थिए । पाँचौं बल डट भयो भने छैटौं बलमा भान डुर सेन आउट भए । १० रनको लक्ष्य पछ्याएको विनिपेग्सले २ बल बाँकी छँदै पुरा गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया