शेयर बजार २५ अङ्कले घट्दा कारोबार रकममा पनि कमी
पुस २८, २०८१ आइतबार
ललितपुर - ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (दोस्रो ठेली)’ विमोचन भएको छ ।
मदन पुरस्कार पुस्तकालय, मदन पुरस्कार गुठी र यलमाया केन्द्रले संयुक्त रूपमा शुक्रबार आयोजना गरेको कार्यक्रममा त्याे ठेलीको नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्नुभएका प्रा. डा. वासुदेव त्रिपाठीले विमोचन गर्नुभयो ।
यस ठेलीमा चार पुस्तक डा. चूडामणि बन्धुले सम्पादन गर्नुभएको ‘नेपाली लोकसाहित्य र विधागत अनुसन्धानको इतिहास’, डा. दयाराम श्रेष्ठले लेख्नुभएको ‘प्रारम्भिक कालको नेपाली साहित्यको पूर्वपीठिका’, कमलमणि दीक्षित र डा. नारायणप्रसाद गड्तौलाले सम्पादन गर्नुभएको ‘नेपाली साहित्यका माध्यमिक कालको इतिहास’ र साहित्यकार बलराम अधिकारीद्वारा रचित ‘नेपालमा अनुवादको इतिहास’ समेटिएका छन् ।
नेपाली साहित्यका मोती मानिने युवककवि मोतीराम भट्ट र नेपाली भाषाका साहित्य सेवक कमलमणि दीक्षितको जन्मजयन्ती एकैदिन कुशेऔँसीमा परेकाले त्याे ठेली यसै दिन विमोचन गरिएको प्रा. डा. माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो । पोखरेलले भन्नुभयो, “यस ठेली पढेर यहाँ भएका गल्ती, कमजोरी र आलोचना गर्न अनुरोध गर्दछु, बिना कुनै आलोचना पुस्तकले गति लिन सक्दैन ।”
२०७४ सालमा यसअघि चार पुस्तक समेटिएका पहिलो ठेली विमोचन भएको थियो । विगतमा विमोचन भएका ती पुस्तकहरूमा ‘नेपाली भाषाको इतिहास’, ‘व्याकरणको इतिहास’, ‘अभिलेखीय व्याकरणको इतिहास’ र ‘अभिलेखीय शब्दकोषका इतिहास’ रहेका थिए ।
प्रा. डा. त्रिपाठीले नेपाली साहित्यको प्राथमिक र माध्यमिक काल कोर्ने व्यक्तिको रूपमा दीक्षितको नाम उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।
वरिष्ठ पत्रकार कुन्द दीक्षितले विमोचित ठेलीले समग्र वाङ्मयलाई अघि बढ्न सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा आउँदो असोज ३ गते मदन पुरस्कार वितरण गरिने जानकारी दिइएको छ ।
दीक्षित रहँदा २५ वर्ष मोती जयन्ती र उहाँको जन्मजयन्ती एकै साथ काठमाण्डौमा मनाउने गरिएको थियो । उक्त ठेलीको लेखन स्वदेश तथा विदेशमा रहेका ८४ व्यक्तिबाट भएको कार्यक्रममा बताइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।