रवि लामिछानेको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाइयाे
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - सरकारले खेलमा मिलेमतो (म्याच फिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ ।
मिलेमतो भएको प्रमाणित भएमा तीन वर्ष कैद र रुपैयाँ तीस हजारसम्म जरिबानाका साथै रकमसमेत लेनदेन गरेको भए त्याे रकम पनि जफत गरिने विधेयकमा उल्लेख छ ।
युवा तथा खेलकुद मन्त्रालयले ल्याएको 'खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'मा त्याे प्रावधान राखिएको हो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा हाल त्याे विधेयक छलफलका क्रममा छ । विधेयकमाथि १२ सांसदले आ–आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
'नेपाल भित्र, नेपालको प्रतिनिधित्व गरी विदेशी देशमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसँग सम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धा गर्दा आउने स्वाभाविक परिणाम प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी गरी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन' भन्ने विधेयकमा उल्लेख छ । मिलेमतोका लागि उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई समेत त्याे कारबाहीको दायरामा ल्याउन सकिने विधेयकमा व्यवस्था छ । हाल त्याे विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा आइपुगेको छ ।
विधेयकको त्याे प्रावधानमा सांसद विमला विश्वकर्मा र आशाकुमारी विकले संशोधन प्रस्ताव प्रस्तुत गर्दै खेलमा मिलेमतो गर्नेलाई र पाँच लाखसम्म जरिबाना र हदैसम्मको कारबाही गर्नुपर्ने प्रावधान राख्नुपर्ने माग गर्नुभएको छ । सांसद विमला विश्वकर्मा भन्नुहुन्छ, 'खेलाडी उत्पादन गर्न राज्यको लगानी धेरै हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा भाग लिने खेलाडीले मिलेमतो गर्न पाइन्न ।' विधेयकमाथि संशोधन राख्नुहुने सांसद दीव्यमणि राजभण्डारी नेपालको खेलप्रतिष्ठालाई उँचो बनाउन राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने, खेलकुद परिषद्को विकल्पमा प्राधिकरण र सदस्यसचिवको सट्टामा कार्यकारी निर्देशकको प्रावधान राख्दा उपयुक्त हुने बताउनुभयाे ।
संशोधनकर्ता सांसद् जीवनराम श्रेष्ठ खेलकुद परिषद्को काममा व्यापक सुधार गरी खेलकुदको पुन:संरचना गर्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ ।
विधेयकमा राष्ट्रिय, प्रदेश र स्थानीय स्तरका खेल संघ गठन गर्न सक्ने रहे पनि एक खेलका लागि एकभन्दा बढी संघ गठन गर्न नसकिने , एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि खेल संघको अध्यक्ष, महासचिव वा सचिव पदमा निर्वाचित वा मनोनित हुन नसक्ने, खेलकुद परिषद्का बहालवाला कर्मचारी , प्रशिक्षक पनि खेलसंघमा आवद्ध हुन नपाइनेजस्ता प्रावधान पनि विधेयकमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।