शेयर बजार २५ अङ्कले घट्दा कारोबार रकममा पनि कमी
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – देशको राजधानी भएको जिल्ला काठमाण्डाै भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ ।
भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गर्नुभयो ।
काठमाण्डाैका ११ नगरपालिकामध्ये पनि सबैभन्दा बढी समस्या देशकै पहिलो महानगर काठमाण्डाै महानगरपालिकामै रहेको एकाइले जनाएको छ । काठमाणडाैमा सुरुमा गरिएको सर्वेक्षणमा ४२ हजार ४९९ भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएका थिए । गुनासोबाट ६ हजार ६९ पीडित थपिएपछि अहिले ४८ हजार ५६८ लाभग्राही पुगेका पौडेलले जानकारी दिनुभयो ।
काठमाण्डाैमा अहिलेसम्म कूल लाभग्राहीको ८६ प्रतिशत अर्थात् ४१ हजार ७६८ परिवारसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता गर्ने जति सबैले पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझिसकेका छन् । पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता लिने लाभग्राही भने १७ हजार ९७० मात्र छन् । घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिने लाभग्राही भने १४ हजार ८४ छन् ।
यसैगरी प्रबलीकरण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या ९०७ भए पनि दुई जनाले मात्र काम सुरु गरेको अभिलेख एकाइमा छ । जिल्लामा गोकर्णेश्वर नगरपालिकामा सबैभन्दा बढी घर पुनःनिर्माण भएका छन् । नगरपालिकामा दुई हजार ९३९ लाभग्राही छन् । त्यसमध्ये ४६ प्रतिशतले पुनःनिर्माण सम्पन्न गरी तीनै किस्ता लिइसकेका छन् ।
सबैभन्दा कम घर पुनःनिर्माण भएको महानगरपालिकामा सात हजार ५६१ छ । यसमध्ये १७ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरेका हुन् । पुर्जा नभएका जग्गा, मोही, स्ववासी, सुकुम्वासी, गुठी, सरकारी जग्गा, वन क्षेत्र, सार्वजनिक जग्गा, पर्ती जग्गामा घर बनाएर बसी क्षति भएकाका समस्याका कारण पनि पुनःनिर्माणमा ढिलाइ भएको हो ।
भूकम्प अति प्रभावित सिन्धुपाल्चोक पुनःनिर्माण सबैभन्दा अघि देखिएको छ । सिन्धुपाल्चोकमा ६७ हजार ६०४ घर पुनःनिर्माण सम्पन्न भएका प्राधिकरणले जनाएको छ । सो जिल्लामा ८८ हजार २७३ परिवार लाभग्राही सूचीमा परेका थिए । उपत्यकाका ललितपुर र भक्तपुर पनि अरु ११ जिल्लाको तुलनामा पुनःनिर्माणमा पछि छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।