दसैँमा घर जाने यात्रुको सुविधाका लागि १४ ठाउँमा सहायता कक्ष

 भदौ १९, २०७६ बिहीबार ९:०:५१ | रासस

काठमाण्डौ – यातायात व्यवस्था विभागले दसैँ तिहारलगायतका चाडपर्वका समयमा काठमाण्डौ उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ । 

यातायात व्यवस्था कार्यालयमा बुधबार विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको बैठकमा नागरिकलाई सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि अग्रीम टिकट खोल्नेलगायतका विषयमा छलफल भएको थियो । 

विभागका महानिर्देशक गोगनबहादुर हमालले सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयलाई समेत नागरिक सहायता कक्ष सञ्चालन गर्नका लागि अनुरोध गर्दै पत्र लेखिने बताउनुभयो । व्यवसायीसँग अहिले रहेको सवारी साधनको सङ्ख्या, अवस्थाका बारेमा बुझिएको उहाँले बताउनुभयो । 

बैठकका क्रममा व्यवसायीले एक सातामा सबै विवरणसहित विभागमा आउने बताएका थिए । उहाँले भन्नुभयो, ‘आगामी सातामा उहाँहरुले विवरण ल्याएपछि नै अग्रीम टिकट खोल्नेलगायतका निर्णय हुनेछ ।’ यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले वर्षाका कारण विभिन्न स्थानका सडक बिग्रीएकाले दशैँ अगाडि नै सडक विभागले बनाइसक्नु पर्नै बताउनुभयो ।

दसैँ, तिहारलगायतका चाडपर्वका समयमा सवारी साधनले यात्रु गाडीभरी लिएर गए पनि फर्कदा रित्तै फर्कनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिडियाले त्यो नबुझी व्यवसायीले चाडपर्वका समयमा धेरै कमाउने गरेको भन्दै आरोप लगाउँछन् ।’

चाडपर्वका समयमा हुनसक्ने दुर्घटना न्यूनीकरण, अग्रीम टिकटलगायतका विषयमा विभागले सरोकारवाला निकायसँग नियमित छलफल गरिरहेको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया