त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलाे ४ सय ग्राम सुनसहित तीन जना पक्राउ

 भदौ २३, २०७६ सोमबार १८:४२:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई साेमबार बिहान पक्राउ गरेको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले विमानस्थलको आगमन कक्षबाट कतारबाट आएका गुरुङलाई एक किलो ४०० ग्राम सुनसहित बिहान पक्राउ गरिएको जानकारी दिनुभयो । 

गुरुङ हिमालय एयरलाइन्सको उडान नम्बर एच ९५६४ मार्फत नेपाल आएका थिए । प्रहरीले गुरुङलाई विमानस्थलमा लिन पुगेका अन्य दुई जनालाईसमेत पक्राउ गरेको छ । पछि पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया