रवि लामिछानेको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाइयाे
पुस २८, २०८१ आइतबार
चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहज रुपमा लिनुपर्ने बताउनुभएको छ ।
बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहज रुपमा लिनुपर्ने बताउनुभयो । 'कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन', नेता श्रेष्ठले भन्नुभयो, 'यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ ।'
उहाँले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने बताउनुभयो । 'कतिपय कुरा ठिक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्', उहाँले भन्नुभयो, 'हामीले ध्यान दिनुपर्ने कुरा ठिकै रहेछ भनेर लिने र बेठिक कुराहरु यो बेठिक हो भनेर जनतामा जानुपर्छ ।'
नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताउँदै पार्टीका तर्फबाट पनि सरकारको काम कारबाहीलाई निगरानी गरिएको जानकारी दिनुभयो । एकताले पूर्णता पाएको भन्दै उहाँले पार्टीका गतिविधि अब चलायमान हुने दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।