सन्धिखर्क नगरपालिकाले ठाउँ ठाउँमा राख्यो फ्रि वाईफाई

 असार ३०, २०७५ शनिबार १५:६:४४ | प्रेमनारायण आचार्य

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले बजारका ठाँउ ठाउँमा फ्रि वाईफाई सुविधा उपलब्ध गराएको छ ।

प्रारम्भमा सन्धिखर्क बजारका ३ स्थानमा  फ्रि वाईफाई सुविधा उपलब्ध गराइएको हो । बसपार्क, भक्तिटोला र शान्ति बगैंचामा फ्रि वाईफाई जडान गरिएको नगरपालिकाका नायव सुब्बा कृष्ण वर्माले जानकारी दिनुभयो । पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने गरी नगरका विभिन्न स्थानमा फ्रि वाइफाई अभियान राखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको बजार क्षेत्रमा आउने पर्यटकलाई सहजता ल्याउने उद्देश्यका साथ वाईफाई जडान गरिएको हो । झन्डै तीन लाखको लागतमा वाईफाई जडान गरिएको हो । नगरपालिकाले आगामी वर्षमा अन्य क्षेत्रहरुमा पनि फ्रि वाईफाई जडान गर्ने लक्ष्य लिएको बताएको छ । आफ्नो घोषणपत्रमा पनि उल्लेख भएको तथा पर्यटकलाई सहज होस भनेर वाईफाई जडान गरिएको नगरप्रमुख कमलप्रसाद भुसालले बताउनुभयो ।  

नगरमा अन्य थुप्रै काम गर्न बाँकी रहेको र त्यसलाई बिस्तारै पूरा गर्दै लैजाने उहाँले बताउनुभयो । सबै काम एकै पटक सम्भव नभएकाले क्रमश आफूहरु लागिपरेको उहाँको भनाई छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया