चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

 असोज ६, २०७६ सोमबार १९:१:५७ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ नेतृत्वको प्रमण्डलले साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । 

भेटका अवसरमा चिनियाँ सोङ ताओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा छिट्टै हुने चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका क्रममा यहाँ आएको टोलीले दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने जनाएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण सफल हुनेमा आश्वस्त रहन आग्रह गर्दै आपसी सम्बन्धलाई अझ गाढा बनाउन नेपालको तर्फबाट पनि पहल गरिने व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया