चिनियाँ कम्युनिष्ट पार्टीका नेता सोङ ताओ स्वदेश फिर्ता

 असोज ८, २०७६ बुधबार १४:४८:२ | रासस
unn.prixa.net

काठमाण्डाै - चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ बुधबार स्वदेश फर्कनुभएको छ ।

सी जिनपिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर उहाँ बुधबार चीन फर्कनुभएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 

सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गर्नुभएको थियो । कार्यक्रममा सहभागी हुन उहाँसहित चिनियाँ कम्युनिष्ट पार्टीका १४ जना नेता सहभागी हुनुभएको थियो ।

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उहाँ सोमबार नेपाल आउनुभएको थियो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया