दशैँसम्मै पानी पर्ने सम्भावना

 असोज ९, २०७६ बिहीबार १७:१६:५३ | रासस
unn.prixa.net

काठमाण्डाै - यस वर्ष मनसुन अन्त्य हुने पहिलेको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जल वाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक पर्थ्याे  वातावरण अनुकूल देखिदैन । तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्छ तर अहिले पूर्वी वायु नै सक्रिय रहेकाले मनसुनको समयावधि लम्बिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । 'केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म नै मनसुन रहने सम्भावना देखिएको हो', उहाँले भन्नुभयो ।

पश्चिमी वायु सक्रीय भएलगतै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गथ्र्यो तर यसवर्ष १० दिन ढिलो गरी (जुन २०) असार ५ मा मनसुन भित्रिएको थियो । गएकाे वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभए पनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । त्यसअनुसार दशैँको सुरुवाति दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।

हाल देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन  र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरेहको महाशाखाले जनाएको छ । यो स्थिति शनिबारसम्म यथावत रहने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव नौ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ६ डिग्री सेलिसयस रहेको छ । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया