गाई काटेको आरोपमा तीन जना पक्राउ

 असोज ९, २०७६ बिहीबार १९:२८:५८ | रासस
unn.prixa.net

बाँके - गाई काटेको आरोपमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बाँकेको खजुरा-७ बढुवाको खेतमा बुधबार राति गाई काटेकाे आराेपमा तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् । एक जना भने फरार रहेका छन् ।

राति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । 'प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो', इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले  जानकारी दिनुभयो । तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिनुभयो ।

तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको उहाँले जानकारी दिनुभयो । निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताउनुभयो । उहाँले फौजदारी संहिता, २०७४ को परिच्छेद २७ अनुसार कारबाही हुने बताउनुभयो ।

त्यस परिच्छेदमा गाई/गोरु मार्न वा कुट्न नहुने व्यवस्था गरिएको छ । यदि कसैले गाई/गोरु मारेमा वा कुनै नियतले चोट पुर्‍याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र अङ्गभङ्ग पारेमा ६ महिनासम्म कैदको व्यवस्था छ ।

गाई/गोरुलाई चोट पुर्‍याएमा ५० हजार रुपैयाँसम्म जरिबाना र हत्या गरेमा कैद सजाय र जरिबाना दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया