उपल्लो डोल्पामा मोबाइल टावर सञ्चालन

 असोज १०, २०७६ शुक्रबार ६:२६:११ | रासस
unn.prixa.net

डोल्पा – उपल्लो डोल्पामा नेपाल टलिकमको मोबाइल टावरमा सञ्चालनमा आएको छ । शे–फोक्सुण्डो गाउँपालिका–३ अन्तर्गत साल्दाङमा निर्माण गरिएको मोबाइल टावर सञ्चालनमा आएको हो । 

मोबाइल टावर सञ्चालनमा आएपछि गाउँपालिकाको केन्द्रसमेत रहेको साल्दाङसहितको मास, कराङ, नाम्दो, धुम्दार, रापा, तिलिङलगायतका विकट बस्तीहरु सञ्चारको पहुँचमा जोडिएका हुन् ।

टावर सञ्चालनमा आएसँगै गाउँपालिका १, २, ३ र ४ नं वडाका करीब तीन हजार २०० जनसङ्ख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष टासीटुण्डुप गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाको पहलमा टावर निर्माण भएपछि सर्वसाधारणको वर्षौँदेखि घरमै बसीबसी मोबाइलमा कुरा गर्ने सपना साकार भएको हो ।

यसअघि गाउँमा मोबाइल सेवा नहुँदा भिस्याट टेलिफोनबाट एउटा लाइनबाट प्रतिमिनेट पाँच रुपैयाँ तिरेर कुरा गर्दैआएका स्थानीय घरबाटै देश विदेशमा कुरा गर्न पाएपछि खुशीले दङ्ग परेका छन् । 

भौगोलिक कठिनाइका कारण एक वडाबाट अर्को वडामा पुग्न दुई दिनसम्म लाग्ने भए पनि अब सानोतिनो कामका लागि आफैँ नकुदेर फोनबाट समस्या हल गर्न सकिने स्थानीय सोनामफुञ्जे गुरुङले बताउनुभयो ।

‘सञ्चारको भरपर्दो साधन नहुँदा बिरामीलाई उद्धार गर्नसमेत समस्या हुन्थ्यो, उद्धारका लागि सम्पर्क नहुँदा अकालमै ज्यानसमेत गुमाउनुपथ्र्यो’ उहाँले भन्नुभयो, ‘अब गाउँमै टावर बनेकाले बिरामीको समयमै उद्धार हुनेछ, घरबाटै जतिखेर पनि देश विदेशमा रहेका आफन्तसँग कुरा गर्न सकिन्छ, फोनमा कुरा गर्नकै लागि घण्टौँ लाइन बस्नुपर्ने, चर्को शुल्क बुझाउनुपर्ने दिन पनि सकिए ।’

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया