४ करोडभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेपछि सिँचाइ विभागका तत्क...
पुस २८, २०८१ आइतबार
पाल्पा – ऐतिहासिक क्षेत्र रानीमहल जाने सडकमा पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेको छैन । सडकमा पहिरो खसेर अवरुद्ध सडकमा पर्यटक पैदल हिँड्न बाध्य छन् ।
तानसेन–रानीमहल सडक खण्डको गाईघाट नजिकै पहिरो खसेको थियो । पहिरो हटाउने काम नहुँदा तानसेनदेखि ऐतिहासिक, महत्व बोकेको पर्यटकीय क्षेत्र आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ ।
तानसेन नारायणडाँडा, गाईघाट हुँदै रानीमहलसम्म यात्रा गर्न छोटो सडक हो । १३ किलोमिटर छोटो दूरीमा रहेकाले पर्यटक यस सडक प्रयोग गर्ने स्थानीय बासिन्दा तथा होटल व्यवसायी वसन्त कुँवरले बताउनुभयो ।
पर्यटक गाईघाटसम्म गाडीमा आएर पैदलयात्रा गर्न बाध्य भएका छन् । वर्षाका कारण रानीमहलसम्म पुग्न आधा दर्जन स्थानमा पहिरो खसेको छ । पाल्पाको तानसेनबाट स्याङ्जाको आलमदेवी क्षेत्रमा जानेहरु समस्यामा परेका छन् ।
दशैँ तिहारको अवसरमा विद्यार्थीको निकै आकर्षणस्थलका रुपमा रानीमहललाई लिने गरिन्छ । विद्यालय बिदा भएपछि विद्यार्थी ठूलो संख्यामा आउने भएपछि यस क्षेत्रमा चहलपहल हुने गर्दछ ।
पाल्पाको तानसेन नगरपालिका–१३, स्थित रहेको रानीमहल विक्रम संवत १९९५ मा पश्चिमा शैलीमा निर्माण गरिएको विशाल दरबार हो ।
पश्चिम कमाण्डर खडक शमशेरले आफ्नी पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकी तिरमा रहेको चट्टानमाथि दरबार निर्माण गर्नु भएको थियो । बेलायती इन्जिनियरको डिजाइनमा बनेको दरबार हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।