४ करोडभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेपछि सिँचाइ विभागका तत्क...
पुस २८, २०८१ आइतबार
अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेल्नु परेको क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताउनुभएको छ ।
ट्वीटरमार्फत एक टिप्पणी सार्वजनिक गर्दै विदेश मन्त्री रोड्रिगेजले क्युबामाथि आर्थिक, व्यापारिक र वित्तीय प्रतिबन्ध लगाउने अमेरिकी प्रशासनको रबैयाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्नुभयो ।
उहाँले क्युबामाथिका प्रतिबन्धहरु मानव अधिकारको गम्भीर उल्लंघन भएकाे बताउनु भएकाे छ ।
रोड्रिगेजका अनुसार, अमेरिकामा राष्ट्रपतीय चुनाव हुने वर्षमा क्युबामाथि अनावश्यक दबाब दिइने गरिएको छ । सन् १९५९ को क्युबा विद्रोहपश्चात भागेर अमेरिकाको मियामी पुगेका ठूलो संख्याका क्युबालीको दबाबमा भोटको आश गर्दै क्युबामाथि दबाब दिने गरेको क्युबाली सरकारको भनाइ छ ।
तर, विदेश मन्त्री रोड्रिगेजले अमेरिकीहरुको सोचाइ पुरातनशैलीको छ भन्दै अमेरिकामै रहे बसेका ठूलो संख्याका क्युबालीले दुवै देशबीच सम्बन्ध सुधार भएको हेर्न चाहिरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।