चाडपर्वकाे समयमा अति आवश्यक औषधिको अभाव हुन नदिन मौज्दात राख्न निर्देशन

 असोज १८, २०७६ शनिबार ७:२९:४५ | रासस
unn.prixa.net

काठमाण्डौ – औषधि व्यवस्था विभागले क्यान्सर रोगको उपचारका लागि अति आवश्यक औषधिको अभाव हुन नदिन विभिन्न प्रकारका औषधि मौज्दात राख्ने निर्णय गरेको छ । 

भिनक्रिस्टाइन, भिनब्लस्टाइन र सिप्प्लाटिन, एफभी नामक औषधि बजारमा अभाव हुन नदिने र मौज्दात राख्न औषधि व्यवसायीलाई विभागले आग्रह गरेको छ । चाडपर्वका समयमा विशेषगरी क्यान्सर उपचारसम्बन्धी औषधिको बजारमा अभाव हुने गर्दछ । 

शुक्रबार विभागको कार्यालयमा औषधि आयातकर्तासँग भएको छलफलमा विभागले क्यान्सर, मिर्गाैला, मुटुलगायत रोगसँग सम्बन्धित औषधिको मौज्दास्थितका बारेमा विभागलाई जानकारी दिन आयातकर्तालाई निर्देशक दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो । 

अत्यावश्यक औषधिको विभागले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य नलिन विभागले आयातकर्तासित आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया