झापाको शुभकामना कार्यक्रम सकेर प्रधानमन्त्री ओली काठमाण्डौ फिर्ता

 असोज २०, २०७६ सोमबार १९:८:११ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली साेमबार गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ ।

दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन साेमबार बिहान झापा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई भद्रपुर विमानस्थलमा पार्टीका नेता तथा सरकारी अधिकारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले बर्सेनि दशैँ, तिहार र छठ पर्वका अवसरमा गएकाे २५ वर्षदेखि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ । 

कार्यक्रममा प्रदेश नं १ सरकारका उच्चपदाधिकारी र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी हुनुहुन्थ्याे । प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी भएर साेमबारै काठमाण्डौ फर्कनुभएकाे छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया