भक्तपुरमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

 असोज २१, २०७६ मंगलबार ११:४२:१२ | रासस
unn.prixa.net

भक्तपुर - काठमाण्डौबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नम्बरकाे मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नम्बरको मोटरसाइकल ठाेक्किँदा साेमबार एक जनाकाे ज्यान गएकाे छ ।

मिनिबस र माेटरसाइकल सूर्यविनायक नगरपालिका-८, भातेढिकुरमा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकलको पछाडि बसेका रामेछाप लिखु गाउँपालिका–४ घर भएर हाल भक्तपुर सूर्यविनायक–९, नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल रहेका छन् ।

दुर्घटनामा घाइते भएका भुजेललाई उपचारका लागि तत्काल उद्धार गरी सल्लाघारीमा रहेकाे डा इवामुरा अस्पताल लगिएकोमा थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा उनकाे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।

मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएर हाल नलिञ्चोक बस्ने २९ वर्षीय अर्जुन थामीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

घटनामा संलग्न बस तथा माेटरसाइकल तथा बस चालक दोलखा भीमेश्वर नगरपालिका–८ भीरकोट बस्ने २६ वर्षीय विनोद खत्रीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया