बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे
पुस २८, २०८१ आइतबार
तनहुँ - चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा मंगलबार एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भानु नगरपालिका–१, जामुनेगैह्रा बस्ने विष्णु बानियाँका चार वर्षीय छोरा आशिष बानियाँ रहेका छन् ।
घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेमा रहेकाे लक्ष्मी अस्पतालमा मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
‘दशैँको दिन टीका लगाएर घर नजिकै पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गरेको रहेछ’, प्रहरी नायब उपरीक्षक लामिछानेले भन्नुभयो, ‘भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्दछु ।’
भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान गइसकेकाे छ । चितुवाले आक्रमण गरी यसअघि दुई बालक र दुई बालिकाको ज्यान लिएको थियो ।
२०७४ फागुन १ गते भानु नगरपालिका–३, दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४, जोखानेकी चार वर्षीया रञ्जिता लम्साल, मंसिर १५ गते भानु नगरपालिका–२, ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२, भकुण्डथोककी नौ वर्षीया पुष्पा अधिकारीको ज्यान गएको थियो ।
यसअघि असोज १५ गते भानु नगरपालिका–२ मा रहेकाे सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । चितुवाले फेरि आक्रमण गरेपछि भानु नगरपालिकामा अरु चितुवा पनि रहेको अनुमान गरिएको छ । चितुवाले फेरि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।