सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाडौं - सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको मुद्दा फिर्ता गर्ने फैसला सुनाएको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले झाले मुद्दा फिर्ता गर्न निवेदन दिनुभएपछि मुद्दा फिर्ता भएको फैसला सुनाएको हो ।
अघिल्लो सरकारले गरेको नियुक्ति वर्तमान सरकारले खारेज गरेकोविरुद्धमा झाले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी साउन ३ गते बोलाएको थियो तर झाले मुद्दा फिर्ता गर्न निवेदन दिएपछि अदालतले मुद्दा फिर्ता गर्ने फैसला सुनाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।