बजारमा तरुलको बढ्दो कारोबार : थरीथरी जात, थरीथरी मूल्य
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – गृह मन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुभएको छ ।
सोमबार गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताउनुभयो ।
उहाँले सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढङ्गले निभाएको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको टिप्पणी गर्नुभयो । चिनियाँ पक्षले पनि भ्रमणका क्रममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृह मन्त्री थापाले बैठकमा जानकारी गराउनुभयो ।
गृह मन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहर्याउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सीको भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाइ तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की, नेपाली सेनाका उपरथी शशिचन्द्रबहादुर सिंहलगायतको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।