नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक शुरु
बैशाख ८, २०८१ शनिबार
मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिका-१, सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले साेमबारदेखि विद्युत उत्पादन परीक्षण सुरु गरेको छ ।
आयोजनाबाट १४ मेगावाट विद्युत उत्पादन गरी काठमाण्डौस्थित केन्द्रीय ग्रिडमा जोडिएको आयोजनाले जनाएको छ ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणबीच संयुक्त रुपमा चार अर्ब ६३ करोड रुपैयाँको अनुदानमा झण्डै १२ वर्षअघि त्यस आयोजना निर्माणका लागि लिखित सम्झौता भएको थियो ।
त्यस आयोजनाबाट उत्पादित विद्युत् अब नियमित रुपमा उत्पादन भइरहने आयोजनाले जनाएको छ । कुलेखानी तेस्रो आयोजनाको विद्युतलाई नियमित उत्पादन गर्नेतर्फ कुलेखानी आयोजना प्रथम र दोस्रो अयोजनाबाट निस्केको पानीबाट मात्र नियमित क्षमतानुसार विद्युत् उत्पादन हुने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्रले बताउनुभयो ।
उहाँका अनुसार, आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर झण्डै १२ वर्षपछि मात्रै विद्युत् उत्पादन गर्ने प्रयास सफल भएको हो । कुलेखानी पहिलोबाट दोस्रो सञ्चालन हुने र दोस्रो आयोजना सञ्चालन भएपछि मात्रै तेस्रो आयोजनामा विद्युत् उत्पादन गर्न पानीको आपूर्ति पूरा हुने आयोजना प्रमुख मिश्रले बताउनुभयो ।
भैँसेस्थित कुलेखानीको दोस्रो आयोजनाबाट निस्केको पानीलाई भीमफेदी गाउँपालिका– १ सानुटारस्थित विद्युत् गृहसम्ममा झण्डै चार हजार २०० मिटर भूमिगत सुरुङमार्गबाट पानी ल्याउने गरिएको आयोजनाले जनाएको छ ।
केही हप्ताअघिदेखि सानुटारस्थित विद्युत् गृहमा चिनियाँ प्राविधिकले आवश्यक उपकरण जडान गरेपछि विद्युत् उत्पादन गर्न सफल भएको आयोजनाका प्राविधिकको भनाइ छ ।
सम्बन्धित समाचार